राजनीति


तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउन मानअधिकार आयोगको आग्रह

तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउन मानअधिकार आयोगको आग्रह

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १८:३५, काठमाडौँ

राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटनाको छानबिन जारी रहेकाले अनुसन्धानमा आवश्यक सहयोग पुर्‍याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ।

काठमाडौँको तीनकुनेसहित आसपासका क्षेत्रमा यही चैत १५ गते पूर्वराजा समर्थकद्वारा गरिएको प्रदर्शनका क्रममा भएको घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानमा आवश्यक सहयोग र समन्वय गर्न आयोगले सरोकार भएका सबैलाई आग्रह गरेको हो।

आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएका भनिएका प्रदर्शन समितिका संयोजक नवराज सुवेदीलाई भेटेको उल्लेख गर्दै निजलाई बिनापूर्जी निजको घरमा प्रहरी निगरानीमा राखिएको आयोगले जनाएको छ।

उक्त टोलीले प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे विभिन्न अस्पतालमा पुगी जानकारी लिएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।

घटना भएको दिन आयोगले विभिन्न टोली बनाइ अनुगमन गरी मानवीय तथा भौतिक क्षतिको अवस्था र मानवअधिकारको उल्लङ्घनका विषयलाई गम्भीरताका साथ अनुसन्धान गरिरहेको उनले बताए। आयोगमा उक्त घटनासँग सम्बन्धित थप उजुरी र ज्ञापनपत्रसमेत प्राप्त भएका जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad