राजनीति


माओवादी केन्द्रको जागरण अभियान आज बर्दियामा (तस्बिरहरू)

माओवादी केन्द्रको जागरण अभियान आज बर्दियामा (तस्बिरहरू)

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १०:३७, काठमाडौँ

हुलाकी राजमार्ग केन्द्रित तराई(मधेस जागरण अभियान अन्तर्गत माओवादी केन्द्रले आज बर्दिया जिल्लामा विभिन्न कार्यक्रम गर्दैछ। 

अभियान अन्तर्गत अध्यक्ष प्रचण्डसहितका नेता शुक्रबार बिहानैदेखि विभिन्न कार्यक्रममा सहभागी भइरहेका प्रचण्डको सचिवालयले जनाएको छ। 

प्रचण्डसहितका नेताले आज बिहान मर्निङवाकसँगै बडैया तालको अवलोकन गरेका छन्।  त्यसक्रममा प्रचण्डले बडैया तालको संरक्षण, सम्बद्र्धन  र विकासमा सहयोग पुर्याउने  प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रचण्डले बडैयाका सहिद परिवारसँग पनि भेटघाट र अन्तक्रिया गरेका उनको सचिवालयले जनाएको छ। 

जनयुद्धको बेला तत्कालीन राज्यपक्षबाट बेपत्ता बनाएका शिवचरण थारुको घरमा पुगेर उनले शिवचरणका परिवार मगती थारु र स्थानीयसँग अन्तक्रिया गरेका हुन्। 

त्यसक्रममा प्रचण्डसहितका नेताले कमलको फूलको पातमा थारु परिकारसहितको खाजा खाएका थिए। प्रचण्ड गएराति बडैया ताल (५ का वडाध्यक्ष बलिराम थारुको बास बसेका थिए। 

गत फागुन १२ गते नेपालकै सबैभन्दा होचो भूभाग झापाको कचनकवलबाट अभियान सुरु गरेको थियो। 

अभियान अन्तर्गत अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, बाँके लगायतका जिल्लामा अभियान सम्पन्न भइसकेको माओवादी केन्द्रले जनाएको छ। 

अब नवलपुर, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, कैलाली र कञ्चनपुरमा हुलाकी अभियान सञ्चालन गरिने माओवादीले जनाएको छ। 

तस्बिरहरू

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad