राजनीति


प्रचण्ड भन्छन्: महिलाले बन्दुक उठाएकै कारण गणतन्त्र आयो

प्रचण्ड भन्छन्: महिलाले बन्दुक उठाएकै कारण गणतन्त्र आयो

नेपालखबर
चैत २०, २०८१ बुधबार १७:२१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले महिलाले बन्दुक उठाएकै कारण गणतन्त्र ल्याउन सफल भएको बताएका छन्।

अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेश सम्मेलनलाई बुधबार बाँकेमा सम्बोधन गर्दै दाहालले महिलाले बन्दुक उठाएकै कारण राजतन्त्र अन्त्य भएको बताएका हुन्। 

उनले माओवादी जनमुक्ति सेनामा ४५ प्रतिशतसम्म महिला भएको र महिलाले कमान्ड सम्हालेको कुनै पनि मोर्चा नहारेको दाबी गरे। 

'माओवादीको जनमुक्ति सेनामा ४०–४५ प्रतिशतसम्म महिला थिए। महिलाले कमान्ड गरेको कुनै पनि मोर्चा हामीले हारेनौँ,' उनले भने, 'यो सबैका निम्ति उत्साहको गर्वको कुरा हो। हामीले युद्धमा सहजै जित हासिल गरेका थिएनौँ, त्यसको पछाडि लडाईंको मोर्चामा जाने महिलाले जगाएको उत्साह थियो, वीरता थियो। त्यही वीरताले यो देशबाट राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना गरेको हो।'

दाहालले माओवादीकै कारण देशमा ३३ प्रतिशत महिला सहभागिता तथा समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित भएको पनि गरे। 
त्यस्तै उनले महिलाले बन्दुक बोकेपछि नेपालको इतिहास बदलिएको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad