राजनीति


दुर्गा प्रसाईंलाई सरकारले नै भगायो: सुदन किराँती

दुर्गा प्रसाईंलाई सरकारले नै भगायो: सुदन किराँती

नेपालखबर
चैत २०, २०८१ बुधबार १६:३९, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किरातीले दुर्गा प्रसाईंलाई केपी शर्मा ओली नेतृत्वको सरकारले नै गिरफ्तार नगरेको टिप्पणी गरेका छन्।  

बुधबार झापाको बुद्धशान्ति गाउँ कमिटीको अधिवेशनको उद्घाटन गर्दै किराँतीले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर रहेका प्रसाईंलाई सरकारले नै गिरफ्तार नगरेको आरोप लगाएका हुन्। 

सत्तामा रहेकाहरू गणतन्त्रमाथि खतरा देखाउँदै भ्रष्टाचारको कुरुप अनुहार छोप्ने काम गरिहेको उनको भनाइ छ। 
'दुर्गा प्रसाईंलाई सरकारले नै गिरफ्तार गरेन। आज गणतन्त्रमाथि खतरा देखाउँदै आफ्नो भ्रष्टाचारको कुरूप अनुहार छोप्ने काम गरिरहेका छन्,' उनले भने, 'हजारौँ सुरक्षाको घेरा तोडेर एउटा अपराधी चार भञ्ज्याङ थिचोलेर कसरी भाग्न सक्छ?'

एक पत्रकारसहित दुईजनाको ज्यान जाने गरी भएको उक्त प्रदर्शनबारे छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने उनको माग छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad