मधेस केन्द्रित सात दलले मोर्चा घोषणा गर्ने भएका छन्। बिहीबार काठमाडौँको थापागाउँस्थित काठमाडौँ ब्यांक्वेटमा आयोजित कार्यक्रमबाट मोर्चा घोषणा हुने मोर्चाको सचिवालयले जानकारी दिएको हो।
मधेस केन्द्रित सात दलमा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन्।
बिहीबार यी सातै पार्टीका अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा गर्न लागिएको हो।
यसअघि माघ १८ गते सात दलले मोर्चाबन्दीका लागि कार्यदल गठन गरेका थिए। सरकारले संविधान संशोधनको चर्चा गरेसँगै मधेस केन्द्रित दलहरू पुरानो मधेसी मोर्चा ब्युँताउने प्रयासमा गरेका हुन्।
राष्ट्रिय मुक्ति पार्टीका केशव झाका अनुसार कार्यदलले राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको छ।
Shares

प्रतिक्रिया