प्रवास


पोल्यान्डमा राहदानी नवीकरणका लागि घुम्ती शिविर सुरु

पोल्यान्डमा राहदानी नवीकरणका लागि घुम्ती शिविर सुरु

शेरबहादुर परियार
चैत २०, २०८१ बुधबार १५:४६, वारसा, पोल्यान्ड

युरोपेली मुलुक पोल्यान्डको राजधानी वारसामा नेपालीहरूको राहदानी नवीकरणका लागि आज (अप्रिल २)बाट घुम्ती शिविर सुरु भएको छ।

एनआरएनए पोल्यान्ड तथा नेपाली वाणिज्यदूतावास वारसाको सहयोग र राहदानी विभाग, काठमाडौँको समन्वयमा जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिनले शिविर सञ्चालन गरेको हो।

आजबाट सुरु भएको घुम्ती शिविर ४ अप्रिलसम्म चल्नेछ।

राजदूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयालको नेतृत्वमा राहदानी विभाग, काठमाडौँ तथा दूतावासका कर्मचारीले राहदानी नवीकरण तथा कन्सुलर सेवा प्रदान गरिने बताइएको छ।

रोमानियामा २६ देखि ३१ मार्चसम्म घुम्ती शिविर सकेर सोही टोली यहाँ आएको नियोग उपप्रमुख फुयालले जानकारी दिए। आजबाट ४ दिनसम्म पोल्यान्डमा रहेका नेपालीलाई टोलीले सेवा दिने उनले बताए।

बर्लिनस्थित नेपाली राजदूतावासको पोल्यान्डसहित, रोमानिया, स्लोभाक गणतन्त्र, हङ्गेरी, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत देशहरूमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ।

पोल्यान्डमा झन्डै एक वर्षपछि राहदानीका लागि घुम्ती सेवा सञ्चालन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad