राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराको निधनमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले दु:ख व्यक्त गरेका छन्। रुपन्देही-३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बोहराको मंगलबार बिहान उपचारको क्रममा निधन भएको हो।
खाणले एक बक्तव्य जारी गर्दै बोहराको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन्। 'प्रतिनिधिसभा सदस्य दीपक बोहराको आज असामयिक निधन भएको खबरले स्तब्ध भएको छु। मृत आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरोसमवेदना व्यक्त गर्दछु' खाणले भनेका छन्।
०७९ मंसिरको प्रतिनिधिसभाको निर्वाचनमा खाणलाई नै हराएर बोहरा सांसद निर्वाचित भएका थिए।

363
Shares

प्रतिक्रिया