राजनीति


जगमान गुरुङ भन्छन् : महानगरको जरिवाना पत्रले पूर्वराजाबारे भ्रम फैलायो

जगमान गुरुङ भन्छन् : महानगरको जरिवाना पत्रले पूर्वराजाबारे भ्रम फैलायो

नेपालखबर
चैत १८, २०८१ सोमबार २१:४२, काठमाडौँ

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले काठमाडौँ महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र पठाएकोप्रति आश्चर्य प्रकट गरेका छन्।

गुरुङले सोमबार एक विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेका हुन्।

‘उक्त कार्यक्रम कानुनबमोजिम राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले अनुमति लिई आयोजना गरिएको नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको अभिलेखमा समेत उल्लेख रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त तथ्यको ज्ञानको अभाव वा भ्रम सिर्जना गर्ने उद्देश्यले गरिएको सो पत्राचार यसपूर्व महानगरपालिका स्वयमले गरेको निर्णय समेतको विपरीत छ।’

गुरुङले जरिवाना पत्रमा  ‘श्री ज्ञानेन्द्र शाह निर्मल निवास’ भन्ने उल्लेख गरिएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त पत्राचारबाट पूर्वराजाका सम्बन्धमा भ्रम र अनास्था सिर्जना गर्ने कुत्सित उद्देश्य रहेको ठहर समितिले गरेका छन्।

गुरुङले काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लगाएको जरिवाना फिर्ता लिन आग्रह पनि गरेका छन्।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजाको स्वागतार्थ आयोजित कार्यक्रमका सन्दर्भमा महानगरले आयोजकलाई यस्तो पत्राचार गरेको थियो । आफ्नै नीतिविपरीत यसपटकको महानगरको निर्णय दुर्भावनायुक्त छैन भन्न नसकिने उनले उल्लेख गरेका छन् ।

‘अतः उक्त कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाहरु स्वयमले लिने हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सो निर्णय काठमाडौँ महानगरपालिकाले तत्काल फिर्ता नलिएमा सो विरुद्ध कानुनी र अन्य मार्गप्रशस्त गरिने पनि सबैमा जानकारी गराउन चाहन्छौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad