राजनीति


दुर्गा प्रसाईंको परिचालन समितिका संयोजक संग्रौला पक्राउ

दुर्गा प्रसाईंको परिचालन समितिका संयोजक संग्रौला पक्राउ

नेपालखबर
चैत १८, २०८१ सोमबार १८:५५, काठमाडौँ

दुर्गा प्रसाईंको संयुक्त जनआन्दोलन घोषणा सभा परिचालन समितिका संयोजक पक्राउ परेका छन्। झापा घर भएका देवी संग्रौलालाई प्रहरीको विशेष टोलीले सोमबार ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो।

विभिन्न संस्था तथा पार्टीका तर्फबाट राजावादीहरूले संयुक्त आन्दोलन गर्न परिचालन समिति बनाएका थिए। संग्रौलालाई प्रसाईंको तर्फबाट सामेल गरिएको थियो। 

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका संग्रौलालाई पनि प्रहरीले पक्राउ गरेको हो। यसअघि प्रसाईंको सुरक्षा दस्ताका ४ जना पनि पक्राउ परिसकेका छन्।

तीनकुनेमा दुई जनाको ज्यान लिएको, विभिन्न कार्यालय तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गरेको, लुटपाट गरेको लगायतका कसुरमा प्रहरीले पहिलोपटक आइतबार ४१ जनाविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइसकेको छ।

यसरी पक्राउ पर्नेमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित छन्। 

थप व्यक्ति पनि पक्राउ पर्ने क्रम चलिरहेको छ। मंगलबार उनीहरूलाई पनि म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने प्रहरीको तयारी छ। सहयोगीहरू पक्राउ परिरहँदा त्यो कार्यक्रमका कमान्डर प्रसाईं भने त्यसै दिन कार्यक्रम नसकिँदै फरार भएका थिए। अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गरेको छैन। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad