राजनीति


योगेशले सोधे: मूर्ति चोर्नलाई राजतन्त्र चाहिएको हो?

योगेशले सोधे: मूर्ति चोर्नलाई राजतन्त्र चाहिएको हो?

नेपालखबर
चैत १८, २०८१ सोमबार १३:१, काठमाडौँ

नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले राजतन्त्रको छिनोफानो इतिहासले गरिसकेकाले अब हिसाब नमाग्न राजावादीलाई आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले नेपालीहरूले सयौँ वर्ष बोकेर नसकेपछि बिसाएको राजतन्त्र अब कसैको रहरले नआउने ठोकुवा गरेका हुन्।

'इतिहासले छिनोफानो गरिसक्यो, अब केको हिसाबकिताब ?,' भट्टराईले भने, 'राजतन्त्रको समयमा राजा महाराजाले बेचेका मूर्ति हामीले फिर्ता ल्याउँदै छौँ। मैले मन्त्री हुँदा पनि फिर्ता ल्याएको थिएँ।'

उनले विगतमा मूर्ति लैजानेहरूलाई भिसा नचाहिने सुविधाको दुरुपयोग गरेको बताए। 'आज देशको राष्ट्रपति पनि कुनै देश जानुपर्‍यो भने भिसा चाहिन्छ। इतिहास हेर्नुहोस्, कसलाई भिसा चाहिँदैनथ्यो?,' भट्टराईले भने, 'त्यस्तो सुविधा देशका महत्त्वपूर्ण मूर्ति चोरेर पुर्‍याउनेहरू अब फेरि चाहिएको हो?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad