राजनीति


ज्ञानेन्द्र संवैधानिक राजा हुन योग्य छैनन् भन्ने तीनकुनेको अराजकताले देखायो

ज्ञानेन्द्र संवैधानिक राजा हुन योग्य छैनन् भन्ने तीनकुनेको अराजकताले देखायो

नेपालखबर
चैत १७, २०८१ आइतबार १५:४९, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले राजावादीहरूको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन्।

आइतबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरंकुश राजा बन्न चाहेको आफूहरूको निष्कर्ष भएको बताए।

राजावादी समूहहरूको प्रदर्शनका क्रममा उनीहरूलाई जनताको भावनासँग कुनै सरोकारसमेत नरहेको देखिएको उनको भनाइ छ।

राजावादीहरू मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा रहेको उल्लेख गर्दै उनले निजी सम्पत्तिमा क्षति गर्ने र उत्तेजना फैलाउनेलाई सरकारले कारबाही गर्ने विश्वास पनि व्यक्त गरे।

उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीले ठाडै अस्वीकार गरे। जुन खालको प्रवृत्ति, क्रियाकलाप र अराजकता देखियो, त्यसबाट उनको लक्ष्य भनेको निरंकुश राजा नै हुने हो भन्ने निष्कर्ष हाम्रो छ। मुलुक जबरजस्ती कब्जा गर्ने हो भन्ने मानसिकता देखियो। जो त्यो घटनामा संलग्न छन्, तोडफोड गरेका छन्, निजी सम्पत्तिमा क्षति गरेका छन् र जसले उत्तेजना फैलाएको छ, तिनीहरूलाई त सरकारले तथ्य र प्रमाणका आधारमा कारबाही गर्ला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad