राजनीति


तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार हो: सभामुख

तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार हो: सभामुख

फाइल तस्बिर


नेपालखबर
चैत १७, २०८१ आइतबार १२:२५, काठमाडौँ

सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्‍मा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन्।
 
संसद् भवन नयाँबानेश्वरमा आज भएको राजनीतिक दलका प्रमुख सचेतकसँगको बैठकमा उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन आग्रह गरे। 

अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने भन्दै उनले अहिलेको अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने बताए।
  
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि चैत १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी दिए। 

उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी पनि दिए। जसअनुसार प्रधानमन्त्रीले आजै सर्वदलीय बैठक आह्वान गरेका छन्। 

यसैबीच, सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ। विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जनाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad