राजनीति


ज्ञानेन्द्रको ‘थ्रेट’ सामु राप्रपा निरीह बन्यो:  शंकर पोखरेल

ज्ञानेन्द्रको ‘थ्रेट’ सामु राप्रपा निरीह बन्यो:  शंकर पोखरेल

नेपालखबर
चैत १७, २०८१ आइतबार ८:१०, काठमाडौँ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गएको शुक्रबार आन्दोलनका नाममा राजावादी समूहले गरेका आपराधिक क्रियाकलाको भारी सुरक्षाकर्मीलाई बोकाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजनाअनुसार ती आपराधिक क्रियाकलाप भएको पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्। तर, अहिले राजावादी समूहले शुक्रबार गरेको अपराधको दोष सुरक्षाकर्मीलाई बोकाउन खोजेको भन्दै पोखरेलले आक्रोस व्यक्त गरेका छन्।

‘बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई वोकाएर पानीमुनीको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरु,’ पोखरेलले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ।’

उनले राजावादी र पूर्व पञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाई र उनका अनुचरलाई वोकाएर उम्कन खोजेको भए थोरै भए पनि विश्वास गर्थे होला नेपाली जनताले,’ पोखरेलले अगाडि लेखेका छन्, ‘घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो। तर निर्मल निवासको‘ थ्रेट’ का सामु उनीहरु निरही देखिए र भन्न थाले ‘प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले’ ।

आखाँले देखेको सत्यलाई निर्मल निवासको भयले थिच्दा पूर्व पञ्चहरुको नियती यस्तो देखिएको पोखरेलको भनाई छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad