नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले निरन्तर सुधारको बाटोबाट मात्रै परिवर्तनको बाँकी काम पूरा हुने दाबी गरे।
शर्माले राजनीतिक दलहरुले पनि आफ्ना व्यवाहार सुधार गर्दै अघि बढ्नुपर्ने बताए। उनले जनताले राजनीतिक दलहरुबाट सुधार मागिरहेको भन्दै हरेक क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनाउनुपर्ने बताए।
उनले आफ्ना कमजोरीको आत्मलोचनासहित जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
उपमहासचिव शर्माले भने, ‘परिवर्तनको वाहक नेकपा माओवादी पार्टी र सबै दलहरुले आफूलाई सुधार्दै, सच्याउँदै परिवर्तनको बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्छ। निरन्तर सुधारको बाटोबाट मात्रै यो सम्भव छ। जनताले आज हामीबाट सुधार मागिरहेका छन्। सुधार खोजिरहेका छन्। हरेक क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता र आफ्ना कमजोरीको आत्मलोचना गर्दै जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ। आज हाम्रा विरुद्ध वा परिवर्तनका विरुद्ध, गणतन्त्रकाविरुद्ध जस्तो देखिए पनि यि गणतन्त्रका विरोधी छन् जस्तो मलाई लाग्दैन। सिमित सामन्तवादका केही अवशेषहरु मात्रै हुन्।’
आन्दोलनकारीहरुको माग, भावनालाई सम्बोधन गर्नुपर्ने बताए। संघीय लोकतन्त्र बिथोल्न हिंसा र अराजकता फैल्याउने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर हुनुपर्ने बताए।
Shares

प्रतिक्रिया