राजनीति


पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ वा नजरबन्द गर्न खोजिँदै छ: नवराज सुवेदी (विज्ञप्ति)

पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ वा नजरबन्द गर्न खोजिँदै छ: नवराज सुवेदी (विज्ञप्ति)

फाइल तस्बिर : पूर्वराजा ज्ञानेन्द्र शाह


नेपालखबर
चैत १६, २०८१ शनिबार ९:१३, काठमाडौँ

‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पक्राउ या नजरबन्द गर्न खोजिएको भन्दै विरोध गरेका छन्। 

उनले शनिबार विज्ञप्ति जारी गरी ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको र त्यस्तो कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिक स्वतःस्फूर्त विरोधमा उत्रने चेतावनी दिएका छन्।  

शुक्रबार बिहान ११ बजेदेखि काठमाडौँको तीनकुनेमा गरिएको आन्दोलन घोषणा सभामा  संघर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट घुसपैठ गराइएको दाबी पनि उनले गरेका छन्।

अनपेक्षित प्रहरी दमनका कारण आफ्नो सभा बिथोलिएको तर्क उनले विज्ञप्तिमा गरेका छन्। 

यस्तै दुर्गा प्रसाईँ लगायतलाई पक्राउ पुर्जी जारी गर्ने, रवीन्द्र मिश्र, धवल शमशेर राणा र स्वागत नेपाललाई पक्राउ गर्ने र आफूलाई घरमै नजरबन्दमा राख्ने कार्य भएको सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले आफूहरू सदैव शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको पनि दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad