नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरू जनताको विशाल समर्थन लिएर आने बताएका छन्।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले गुण्डागर्दीलाई छुट नभएको बताएका हुन्।
आज काठमाडौँकै तीनकुनेमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेको घटनालाई इंगित गर्दै प्रचण्डले भने, 'हामीभित्र लागेको धुलो टकटकाउँदै अघि बढ्छौँ । जनतामा गएर विशाल जनसमर्थन लिएर आउँछौँ। तर, मण्डले गुण्डागर्दीलाई छुट दिने छैनौँ।'
राजतन्त्रलाई सामन्ती अवशेष भन्दै प्रचण्डले सडकबाटै जवाफ दिने चेतावनी दिए।
'माओवादीके जनयुद्धको कमाण्डरको हैसियतले अहिले शान्तिपूर्ण क्रान्ति जरुरी छ,' उनले भने, 'उनीहरूले एक लाख ल्याए एक करोड ल्याएर सडकबाटै जवाफ दिन्छौँ।'
Shares

प्रतिक्रिया