राजनीति


गृहमा सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक

गृहमा सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १६:२५, काठमाडौँ


राजावादी प्रदर्शनकारीले काठमाडौँका ठाउँ ठाउँमा आगजनी र सर्वसाधरणका घर, कार्यालय तोडफोड गर्न थालेपछि सुरक्षाप्रमुखहरूको बैठक बसिरहेको छ।

राजावादी प्रदर्शनकारी हिंसात्मक हुन थालेपछि गृहमन्त्री रमेश लेखकले सुरक्षाप्रमुखसँग बैठक राखेका हुन्। शुक्रबार बिहानैदेखि उग्र हुँदै गएको राजावादी प्रदर्शन दिउँसो झन् आक्रामक भएको थियो।

उनीहरूले सर्वसाधारणको घर, कार्यालयमा आगजनी गरेका छन्। दर्जन बढी घरमा ढुङ्गामुढा प्रहार गरेर क्षति पुर्‍याएका छन्। आक्रामक हुँदै गएका राजावादी प्रदर्शनकारीले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा समेत झ्यालका सीसा फुटाएर आगजनी प्रयास गरेका छन्। 

यस्तै, कान्तिपुर र अन्नपूर्ण पोष्टको कार्यालयमा समेत तोडफोड भएको छ। प्रहरीले राजावादी प्रदर्शनकारीलाई तीनकुने क्षेत्रबाट तितरवितर पारेपछि हिसांत्मक बन्न थालेका हुन्। 

तिनीहरूले शान्तिपूर्ण सभा गर्न छोडेर प्रहरीमाथि जाइलागेका थिए। निषेधित क्षेत्र तोड्न खोजेका थिए। भीडलाई रोक्न खोजेको प्रहरीलाई समेत ढुङ्गामुढा गर्न थालेको थियो।  तीनकुने क्षेत्रका दर्जन बढी घरमा तोडफोड गरेका छन्।  

उनीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड पनि गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad