राजनीति


कुलमान हटाइएको बारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिने सहमति

कुलमान हटाइएको बारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिने सहमति

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १५:०, काठमाडौँ

अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को १८ गतेको बैठकमा सम्बोधन गर्ने सहमति भएको छ।  

शुक्रबार सभमुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रतिपक्षी दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरू बीचको छलफलबाट यो सहमति जुटेको हो। 

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बदर्खास्त गरेको थियो। बर्खास्तीसँगै प्रतिपक्ष दलहरूले सदनमा अवरोध सिर्जना गर्दै संसद अवरुद्ध पारेका छन्।

उनीहरूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिएमात्रै सदनको अवरोध हटाउने बताएका थिए। 

सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रश्ताव गरेको थियो। तर प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद अवरुद्ध पार्दै आएका छन्। 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा १८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आइतबार बस्ने बैठक सहज रुपमा अघि बढ्ने सहमति भएको बताए। 

उनले प्रतिपक्षी दलहरूको माग बमोजिम नै प्रधानमन्त्री ओलीले जवाफ दिने सहमति गर्दा समेत आजको बैठक बस्नबाट प्रतिपक्ष दलहरूले आनाकानी गरेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad