राजनीति


गणतन्त्रप्रति हामी गौरव गर्छौं: विप्लव

गणतन्त्रप्रति हामी गौरव गर्छौं: विप्लव

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १४:५७, काठमाडौँ

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान गणतान्त्रिक व्यवस्थाप्रति आफूहरुलाई गौरव रहेको बताएका छन्। 

गणतन्त्रको विकल्प चिहानमा गइसकेको राजतन्त्र हुन नसक्ने भन्दै उनले जातन्त्रको सपना नदेख्न चुनौति दिए। 

‘८६ वर्षको वृद्धलाई राजतन्त्र फिर्ता ल्याउने कमाण्डर बनाइएको छ,’ उनले भने, ‘यसले पनि उनीहरु हालत प्रष्ट हुन्छ।’

उनीले आफूहरु गणतन्त्रभन्दा अघि समाजवादतिर जान चाहेको बताए।  

‘सामन्ती तत्वहरुले चिहानमा गैसकेको राजतन्त्रलाई फिर्ता ल्याउने नसोचे हुन्छ। जनतालाई पैतालामुनी राख्ने सामन्ती व्यवस्था अबको युगमा सम्भवन छैन। नेपाली जनता समाजवादतिर जान चाहन्छन्।’ 

उनले सामन्तवादका भुतहरुको हैकम अब नेपाली जनताले नस्वीकार्ने बताए। ‘हामीले दलाल पूँजिवादको हैकम त स्वीकारेका छैनौँ, त्यो भन्दा पछि जाने सामन्तवादलाई स्वीकार्ने अवस्था अब छैन। नेपाली जनता प्रतिगमनकाे पक्षामा छैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad