राजनीति


समाजवादी मोर्चाको विशाल सभा भृकुटीमण्डमा जारी (तस्बिरहरू)

समाजवादी मोर्चाको विशाल सभा भृकुटीमण्डमा जारी (तस्बिरहरू)

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १४:१४, काठमाडौँ

काठमाडौँको प्रदर्शनीमार्गमा समाजवादी मोर्चाले आयोजना गरेको बृहत् सभा अहिले जारी छ। सभामा विभिन्न राजनीतिक दलका नेताले सम्बोधन गर्दैछन्। 

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधामन्त्री माधव नेपाल, नेसपाका अध्यक्ष महीन्द्र राय यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेताले सभामा सम्बोध गर्ने कार्यक्रम छ। 

अहिले मोर्चामा आवद्ध चार दलका शीर्ष नेता मञ्चमा पुगिसेका छन्। कार्यक्रमको सञ्चालन नेकपाका नेता खण्डबहादुर विश्वकर्मा प्रकाण्डले गरेका छन्। सभामा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले सम्बोधन गरेकी छन्। 

माओवादी नेतृत्वको समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा आज राजधानी काठमाडौँका विभिन्न क्षेत्रबाट विशाल जुलुस निकालेको छ। 

माओवादी केन्द्रले माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर सोह्रखुट्टे लगायतका क्षेत्रबाट विशाल र्‍याली निकाल्नेको छ। माओवादी केन्द्रले निकालेको र्‍याली बबरमहलबाट सुरू हुँदै माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, सहिदगेट, भद्रकाली हुँदै भृकुटीमण्डपस्थित सभामा परिणत भएको छ। 

माओवादी केन्द्रले सोह्रखुट्टेबाट निकालेको र्‍याली असन, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै सभास्थलमा पुगेको छ। 

मोर्चामै रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट र्‍याली निकालेको छ। उनीहरूको र्‍याली सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेको छ। 

नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र्‍याली निकालेको छ। त्यस्तै शान्तिबाटिका र मैतिदेवीबाट नेकपा एकीकृत समाजवादीले र्‍याली निकालेको छ। समाजवादीको ‍र्‍याली मैतिदेवी, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ। 

हेर्नुहोस् तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad