राजनीति


समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शन सकारात्मक: शंकर पोखरेल

समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शन सकारात्मक: शंकर पोखरेल

फाइल तस्बिर


नेपालखबर
चैत १५, २०८१ शुक्रबार ६:२३, काठमाडौँ

समाजवादी मोर्चाले आज गर्न लागेको जनप्रदर्शनलाई सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘सकारात्मक पहल’ भन्दै समर्थन गरेका छन्।

शुक्रबार एकैदिन माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चा र राजावादी समूहले काठमाडौँका छुट्टाछुट्टै स्थानमा जनप्रदर्शन गर्दैछन्।

एमाले महासचिव पोखरेलले समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा गर्न लागेको जनप्रदर्शन प्रतिगमनको कूप्रयासका विरुद्धको सकारात्मक पहल भएको बताएका हुन्। गएराति सामाजिक सञ्जाल फेसबुकमा  पोखरेलले लेखेका छन्, ‘प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले १५ गतेका दिन गणतन्त्रका पक्षमा गर्न लागिरहेको जनप्रदर्शन प्रतिगमनको कूप्रयासका विरुद्धको सकारात्मक पहल हो।‘

उनले राजनीतिक दलहरु आपसमा प्रतिस्पर्धा र एकअर्कामा आलोचना र विरोध गर्ने तथा जनअभिमतबाट आफूलाई स्थापित गर्दै जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दा डटेर सामना गर्ने पनि बताएका छन्।

‘राजनीतिक दलहरु आपसमा प्रतिस्पर्धा गर्छन्। एक अर्काको आलोचना र विरोध पनि गर्छन्। जनअभिमतवाट आफूलाई स्थापित गर्ने कोशिससमेत गर्छन्।  तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्छ भने त्यसको डटेर सामना पनि गर्न सक्छन्। इतिहासले धेरै पटक प्रमाणित गरेको छ, त्यसमाथि अहिलेको युग जनसचेतनताले सुसम्पन्न लोकतन्त्रको युग हो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad