राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयले कर्मचारीहरू राजनीतिक स्वार्थको लागि राष्ट्रसेवकभन्दा सरकार र पार्टीको नोकर हुने खतरा बढेको बताएका छन्।
बिहीबार संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारर्कीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले आफ्नो कार्यकालको केही समय मात्र बिताउन बाँकी रहेका कुलमानलाई सम्मााजनक विदाई गर्नुपर्ने ठाउँमा उपमानजनक रुपले निस्काषन गरेर सरकारले गलत नजिर स्थापित गरेको बताएका हुन्।
उनले उत्कृष्ट प्रशासकको छवि बनाएका कर्मचारीलाई हटाउँदा अगामि दिनमा समेत सरकारले स्वार्थअनुकुल कर्मचारीहरू हटाउने र राख्ने कार्य गर्ने उनको भनाइ छ। उनले कमजोर कर्मचारी प्रशासनलाई ध्वस्त पार्ने काम गरेको भन्दै सरकारले निर्णय सच्याउनुपर्ने जिकिर गरे।
‘पहिलो कुरा त सरकारले जे निर्णय गर्यो त्यो गलत गर्यो। कति मानिसहरूले सरकारले आफ्नो कर्मचारीलाई निकाल्न पनि सक्छ, राख्न पनि सक्छ यो सामान्य प्रक्रिया हो भनेर व्याख्या गरिरहेका छन्,' उनले भने, 'तर एउटा कुशल प्रशासकको रुपमा स्थापित कुलमान घिसिङ जसले आफ्नो कार्यकालको थोरै मात्र समय व्यतित गर्न बाँकी थियो। उसलाई सम्मानजनक बिदाइ गर्नुपर्ने ठाउँमा जुन अपमानजनक ढंगले निष्काशन गरियो। त्यसले एउटा नजिर खडा हुने खतरा भयो कि सरकारले चा्हयो भने कर्मचारीहरूलाई जसनसुकै बेला निकाल्न सक्छ। यसले कर्मचारी राष्ट्रसेवक भन्दा पनि कहिले काँही राजनीतिक स्वार्थको लागि सरकार र पार्टीको नोकरमा परिणत हुने खतरा भयो।'
अध्यक्ष लिङदेनले प्रतिपक्षी दलहरूले संसदमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ मागिरहेको र जवाफ नदिएसम्म संसद चल्न नदिने अडान कायमै रहेको बताए।
Shares

प्रतिक्रिया