राजनीति


गणतन्त्रको विकल्प निरंकुश व्यवस्था हुनै सक्दैन: गृहमन्त्री लेखक

गणतन्त्रको विकल्प निरंकुश व्यवस्था हुनै सक्दैन: गृहमन्त्री लेखक

नेपालखबर
चैत १४, २०८१ बिहिबार १५:१६, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै नसक्ने तर्क गरेका छन्। उनले लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको नेपाली समाज निरङ्कुशतातर्फ जान नसक्नेमा आफू प्रष्ट रहेको बताए।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा गृहमन्त्री लेखकले समाज पछाडि फर्कन नसक्ने स्पष्ट पारे।

'एक दुई चोटी प्रयास गरिएका हुन्। नेपाली जनता लोकतन्त्रमा विश्वास गर्छन्, त्यसैले ती प्रयास नेपाली जनताले निस्तेज गरे,' उनले भने, 'लोकतन्त्रको मार्गमा अगाडि बढिसकेको समाज पछाडि फर्किँदैन, सरकार परिवर्तन हुने कुरा लोकतन्त्रमा हुन्छ।'

उनले अहिले केही कमी कमजोरी रहेको बताउँदै जनताको चिन्ता र पीडालाई आक्रोशमा बदलेर व्यवस्थाकै विरुद्धमा प्रयोग गर्ने प्रयत्न भइरहेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad