राजनीति


गणेश कार्कीको सुझाव: गाली गर्नुअघि यो तस्बिर हेर्नुहोला

गणेश कार्कीको सुझाव: गाली गर्नुअघि यो तस्बिर हेर्नुहोला

नेपालखबर
चैत १४, २०८१ बिहिबार १४:५६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै देखिएको तस्बिरमा टिप्पणी गरेका छन्।

बिहीबार काठमाडौँमा आयोजित ‘नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’सम्बन्धी राष्ट्रिय सम्मेलन तीन शीर्ष नेताले संयुक्त रूपमा उद्घाटन गरेका थिए। 

त्यही तस्बिर सामाजिक सञ्जालमा राख्दै रास्वपा केन्द्रीय सदस्य कार्कीले उनीहरूका पक्ष-विपक्षमा उत्रिनुअघि यसमा ध्यान दिन सुझाव दिएका हुन्। 

‘देशमा लोकतन्त्रको नाममा सिन्डिकेट चलिरहेको छ भन्ने गज्जबको उदाहरण हो यो। संसद् बन्द छ। भाषणमा कहिले भेट नहुने र भेट्नेबित्तिकै काटाकाट हुनेझैँ चर्को स्वर सुनिन्छ। तर वास्तविकता के हो, तस्बिरमा छर्लंग छ’, कार्कीले लेखेका छन्, ‘यिनका भाषण सुनेर यिनका दस्तामा लागेर सडकमा उभिनुअघि, सञ्जालमा गाली गर्नुअघि यही तस्बिर हेर्नुहोला। यो स्क्याम र सिन्डिकेटदेखि देश जोगिनपर्छ। प्रिय साथीहरू, यीसँग सरकारमा त के, सडकमा नि सँगै उभिन हुन्न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad