राजनीति


प्रचारबाजी गरेर स्थापित हुन खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः दीपक खड्का

प्रचारबाजी गरेर स्थापित हुन खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः दीपक खड्का

ऊर्जामन्त्री खड्का


नेपालखबर
चैत १४, २०८१ बिहिबार १३:३७, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिष्पर्धा चलिरहेको बताएका छन्।  

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरूबीच होडबाजी चलिरहेको बताएका हुन्।  

‘कानुनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन। त्यो चाहीँ स्वच्छाचारी हुन्छ। यो व्याप्त छ अहिले। हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ। प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ। कर्मचारी साथिहरूलाई पनि हेर्छु म को चाहीँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिष्पर्धा चलेको छ,' उनले भने, 'यसले समाजलाई कहिँ पुर्‍याउँदैन। साच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौँ मेरो आग्रह छ। यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ। काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानुनभित्र बसेर काम गर्ने हो। यसमा तपाईँहरूको पनि ध्यान जाओस्।’ 

उनले सरकारले सन् २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यत्ति विद्युत खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको बताए।

अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पुर्‍याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनले दाबी गरे। 

‘सरकारले सन् २०३५ सम्ममा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपक वार्षिक एक हजार ५०० युनिट पुर्‍याउने लक्ष्यसहित स्वीकृत मार्गचित्रमा राष्ट्रि ग्रिड नपुगेको ठाउँमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत अगामि २ वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पुर्‍याउने लगायतका लक्ष्य रहेका छन्’ उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad