राजनीति


हामी प्रमुख दलहरू कोही सत्तापक्ष र कोही प्रतिपक्षमा छौँ, विवाद चलिरहेको छ: प्रचण्ड

हामी प्रमुख दलहरू कोही सत्तापक्ष र कोही प्रतिपक्षमा छौँ, विवाद चलिरहेको छ: प्रचण्ड

नेपालखबर
चैत १४, २०८१ बिहिबार ११:४५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने कुरामा राजनीतिक दलहरूबीच विवाद नरहेको दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको बताए।

टीआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरालाई पनि राजनीतिक नेतृत्व तहमा विवाद नरहेको उनको भनाइ थियो।

उनले राजनीतिक नेतृत्व मूलतः पीडितलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा स्पष्ट रहेको बताए।

अध्यक्ष दाहालले भने, ‘नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको छ। अर्को यो टीआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरा मुख्यतः पीडितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरालाई पनि राजनीतिक नेतृत्व तहमा कहिल्यै विवाद भएन। मानिसहरूलाई लाग्छ, त्यस्तो होइन होला भनेर। तर हामी राजनीतिक नेतृत्व मूलतः पीडितलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा हामी कन्फ्युजनमा कहिल्यै भएनौँ। यो पनि हाम्रो मौलिकता र शान्ति प्रक्रियाको विशेषता हो। हामीले अघि बढाइरहेको यो प्रक्रिया धेरै हदसम्म आफ्नो विशेषता, आफ्नो मौलिकताअनुसार सफलताको साथ नै अघि बढेको महशुस गरेका छौँ।’

दलहरूबीच कोही सत्तापक्ष र कोही प्रतिपक्ष भएकाले विवाद चलिरहेको भए पनि शान्ति प्रकियामा टुंग्याउन सहमत रहेको दाबी पनि उनले गरे।

उनले भने, ‘अध्ययन भ्रमणका सारसंक्षेपहरूलाई केन्द्रित गरेर नै हामीले नेपालको शान्ति प्रक्रिया अघि बढाउनुपर्छ भन्ने कुरामा केन्द्रित भयौँ। अहिले पनि हामी राजनीतिक दलहरूको बीचमा विवादहरू छ। हामी प्रमुख दलहरू नै कोही सत्ता पक्ष र कोही प्रतिपक्षमा छौँ। विवाद चलिरहेको छ। सदनमा बहस भइरहेको छ। थुप्रै कुरा छ। यी तमाम विवाद र विमतिको बीचमा पनि शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्ने कुरामा इन्प्रिन्सिपल हामी कहिल्यै विवादमा भएनौँ। कहिले प्राविधिक, कहिले कानुनी, कहिले राजनीतकि उत्तारचढावहरूले यो देशमा हुन्छन्, डिले त भयो त्यसकारणले। तर यीसँग सम्बन्धित प्रिन्सिपलमा विवाद भएको हुनाले डिले भएको भन्न मिल्दैन, त्यो होइन।’

अध्यक्ष दाहालले विवाद र विमतिका बीचमा पनि देशको राष्ट्रिय मुद्दा भएकाले राजनीति गर्न हुँदैन भनेर आफूहरू लागिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad