राजनीति


एमालेले भन्यो: कुलमानलाई हटाएको बारे प्रधानमन्त्रीले जवाफ दिने होइन, दिनै परे मन्त्रीले दिनुहुन्छ

एमालेले भन्यो: कुलमानलाई हटाएको बारे प्रधानमन्त्रीले जवाफ दिने होइन, दिनै परे मन्त्रीले दिनुहुन्छ

नेपालखबर
चैत १३, २०८१ बुधबार १६:४५, काठमाडौँ

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय माग रहेको टिप्पणी गरेका छन्।  

बुधवार संघीय संसद् परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बर्तौलाले एक अमुख कर्मचारीलाई देवत्वकरण गरेर संसद्‌मा प्रतिपक्षी दलको तर्फबाट भएको अवरोधको कुनै औचित्य नभएको उनको भनाइ छ। 

सरकारले अध्यादेशमार्फत ल्याएका प्रतिस्थापन विधेयकहरुलाई पास गर्न नदिनको लागि दुराशययुक्त ढंगबाट अवरोध सिर्जना गर्ने काम भएको उनको आरोप छ। 

‘सरकारले विभिन्न निर्णयहरू गर्छ । सरकारले गरेको निर्णयलाई मुद्दा बनाएर हाउस अवरुद्ध गर्ने कुरा सामन्यतः हाउसभित्र भएको छैन,' उनले भने, 'एउटा कर्मचारीलाई देवत्वकरण गर्ने काम जसरी प्रतिपक्षीको तर्फबाट भयो र मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने र नभए हाउस चल्न दिदैनौं भन्नु असंसदीय र गैरराजनीतिक कुरा हो। एउटा कर्मचारीलाई बोकेर प्रधानमन्त्रीको जवाफ माग्नु असम्भव र बेठिक कुरा हो।' 

कुलमानबारे जवाफ दिनै परे विभागीय मन्त्रीले दिने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad