राजनीति


कुलमान प्रकरणले फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक

कुलमान प्रकरणले फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक

नेपालखबर
चैत १३, २०८१ बुधबार १५:२२, काठमाडौँ

बुधबार दोस्रोपटक बसेको प्रतिनिधिसभाको बैठक पनि विपक्षीको अवरोधपछि नियमित कार्यसूचीमा प्रवेश हुनै नपाइ स्थगित भएको छ। विपक्षीले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बिहीबार बिहान ११ बजे बस्ने सूचना सुनाए।

सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको थियो। 

विपक्षी सांसदहरूले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने अडान जारी राखेका छन्। 

आज बिहान ११ बजे सुरु भएको बैठक विपक्षीले अवरोध गरेपछि नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो। विपक्षीले अवरोध जारी राखेपछि सभामुखले आधा घण्टाका लागि स्थगित गरेका थिए। 

बैठक स्थगित गरेर सभामुखले दलका प्रमुख सचेतक र सचेतकसँग सभा सञ्चालनबारे छलफल गरेका थिए। छलफलमा पनि सहमति जुटेन। तर आधा घण्टाका लागि स्थगित भनेको संसद् बैठक तीन बजेमात्रै पुन:बस्यो।

यो बैठकमा पनि विपक्षीले अवरोध जारी राखे। सभामुखले पटकपटक सभा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे पनि विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान जारी राखेर उभिरहे। त्यसपछि सभामुखले भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad