राजनीति


संसद् प्रवेश गर्‍यो कुलमान विवाद, विपक्षीले गरे विरोध

संसद् प्रवेश गर्‍यो कुलमान विवाद, विपक्षीले गरे विरोध

बुधबार प्रतिनिधि सभाको बैठकमा उठेर विरोध जनाउँदै माओवादी अध्यक्ष प्रचण्डसहितका विपक्षी सांसद। तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत १३, २०८१ बुधबार ११:४२, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विवाद संसद्‌मा प्रवेश गरेको छ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रलगायत विपक्षी दलका सांसदले उठेर विरोध जनाएका हुन्।

बैठक प्रारम्भ हुनासाथ माओवादी सांसद शक्ति बस्नेतले कुलमान बर्खास्त गर्नु गलत भएको जिकिर गर्दै संसद्‌लाई सम्बोधन गरेका थिए।  

यसपछि माओवादी अध्यक्ष प्रचण्डसहित विपक्षी दलका सांसद उठेर बैठकमा विरोध जनाएका हुन्। 

सोमबार सरकारले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउँदै उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि चौतर्फी विरोध भइरहेको छ।

कतिपय राजनीतक दलका भ्रातृ संगठनले सडकमा विरोध प्रदर्शन गर्दै ऊर्जामन्त्री दीपक खड्काको पुत्लासमेत जलाइसकेका छन्।

प्रतिनिधि सभा बैठक सुरु हुनुअघि आजै बिहान बसेको विपक्षी दलहरूको बैठकले संसद्‌मा कुलमान बर्खास्तीको विरोध गर्ने निर्णय गरेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad