सुनसरीको इटहरीमा अवस्थित सेन्टर प्लाजामा आगलागी भएको छ।
१० तले प्लाजाको पाँचौँ र छैटौँ तलामा बुधबार बिहान साढे ९ बजेदेखि आगलागी सुरु भएको हो। आगलागी भएको तलामा क्यूएफएक्स सिनेमा हल तथा एक होटल सञ्चालनमा रहेका छन्।
आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायत स्थानीय तहका आधा दर्जन दमकल पुगेका छन्। दमकलको सहायतामा नेपाली सेना र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन।
आगलागीको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ। आगलागीबाट भएकाे क्षतिकाे विवरण आउँन बाँकी छ।

342
Shares

प्रतिक्रिया