राजनीति


माओवादीले भन्यो : कुलमानलाई हटाउने सरकारको निर्णय आपत्तिजनक

माओवादीले भन्यो : कुलमानलाई हटाउने सरकारको निर्णय आपत्तिजनक

नेपालखबर
चैत १२, २०८१ मंगलबार १७:४२, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख पदबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय आपत्तिजनक भएको बताएको छ। 

मंगलबार पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गरी सरकारको निर्णय बदनियतपूर्ण र आपत्तजनक भएको बताएका हुन्।  

'नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक छ,' उनले भनेका छन्, 'बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो। यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास श्रृजना गर्ने उद्देश्यले गरिएको छ।'

त्यस्तै निर्णय तत्काल फिर्ता लिन पनि माओवादीले माग गरेको छ। 

'यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ' विज्ञप्तिमा उल्लेख छ,'कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई हाम्रो पार्टी खारेज गर्दछ।'

आम नागरिकमा भ्रम सिर्जना गर्न दुष्प्रचार नगर्न पनि माओवादीले चेतावनी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad