सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन्।
जसपाका अशोक राई, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शदतसिंह भण्डारी, एमाले महासचिव शंकर पोखरेल सहभागी छन्।
सरकारले सोमबार साँझ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयपछि सरकारको चर्को आलोचना भइरहेको छ। प्रधानमन्त्री ओलीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न गठबन्धनको बैठक बोलाएका हुन्।
2.6k
Shares

प्रतिक्रिया