राजनीति


विद्युत् प्राधिकरणको बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा, एमाले कार्यकर्ताले पिटे कार्यालय प्रमुख

विद्युत् प्राधिकरणको बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा, एमाले कार्यकर्ताले पिटे कार्यालय प्रमुख

नेपालखबर
चैत १२, २०८१ मंगलबार १३:४१, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ। मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा कार्यालयको डिजिटल बोर्डमा डिस्प्ले भएपछि एमालेका कार्यकर्ताले कुटपिट गरेका हुन्। 

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कुटपिट गर्नेविरुद्ध लिखित उजुरी गर्न भनेको र उजुरी आएपछि संलग्नलाई कारबाही गर्ने बताए। 

प्रधानमन्त्रीविरुद्ध कार्यालयको डिजिटल बोर्डमा कसरी उक्त नारा डिस्प्ले भयो भन्ने पनि २४ घण्टाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको प्रजिअ पौडेलले जानकारी दिए। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि कार्यालयको बोर्डमा घण्टौँसम्म प्रधानमन्त्रीविरुद्धको नारा डिस्प्ले गरिएको थियो। 

त्यही विषयको विरोधमा एमाले कार्यकर्ता कार्यालयमा पुगेका थिए। त्यसक्रममा उनीहरूले श्रेष्ठमाथि हातपात गरेका हुन्। वितरण केन्द्र प्रमुख श्रेष्ठले भने सिस्टम ह्याकिङ भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई बताएका थिए। 

उनलाई प्रमुख जिल्ला अधिकारीले ह्याकिङ भएको हो भने त्यही अनुसार विज्ञप्ति जारी गर्नुस् भनेको तर उनले विज्ञप्ति पनि ननिकालेको प्रजिअ पौडेलले बताए। 

‘घटना जे भएको हो त्यो उल्लेख गरेर गल्ती स्वीकार गर्दै संलग्नलाई कारबाही गर्ने कुरा उल्लेख गरेर विज्ञप्ति जारी गर्न भने पनि उनले विज्ञप्ति ननिकालेपछि विहानै कार्यकर्ता पुगेर लफडा गरेछन्। पछि त प्रहरीसहित म पनि पुगिसकेको थिएँँ’, प्रजिअ पौडेलले नेपालखबरसँग भने। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि कार्यालयको बोर्डमा घण्टौँसम्म प्रधानमन्त्रीविरुद्धको नारा डिस्प्ले गरिएको थियो। 

त्यही विषयको विरोधमा एमाले कार्यकर्ता कार्यालयमा पुगेका थिए। त्यसक्रममा उनीहरूले श्रेष्ठमाथि हातपात गरेका हुन्। वितरण केन्द्र प्रमुख श्रेष्ठले भने सिस्टम ह्याकिङ भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई बताएका थिए। उनलाई प्रमुख जिल्ला अधिकारीले ह्याकिङ भएको हो भने त्यही अनुसार विज्ञप्ति जारी गर्नुस् भनेको तर उनले विज्ञप्ति पनि ननिकालेको प्रजिअ पौडेलले बताए। 

‘घटना जे भएको हो त्यो उल्लेख गरेर गल्ती स्वीकार गर्दै संलग्नलाई कारबाही गर्ने कुरा उल्लेख गरेर विज्ञप्ति जारी गर्न भने पनि उनले विज्ञप्ति ननिकालेपछि विहानै कार्यकर्ता पुगेर लफडा गरेछन्। पछि त प्रहरीसहित म पनि पुगिसकेको थिएँँ’, प्रजिअ पौडेलले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad