नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत भएका छन्।
सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
सुशीला मिश्र भट्ट प्रमुख रहेको विभागमा उज्ज्वल कोइराला, प्रेमचन्द्र राय, विजया श्रेष्ठ केसी, मोहनजंग शाह, निरञ्जन कोइराला, कुमार लामिछाने, रमा केसी, प्रेमलाल चौधरी, शेरबहादुर सार्की र दिलिप कार्कीलाई सदस्य मनोनीत गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

75
Shares

प्रतिक्रिया