राजनीति


जनताले ममाथि नै भरोसा छ भनेर आँखाबाट आँशु निकाल्छन् : प्रचण्ड

‘फुटेका माओवादी एक हुन मैले के कति गर्नुपर्ने हो सबै गर्छु’
जनताले ममाथि नै भरोसा छ भनेर आँखाबाट आँशु निकाल्छन् : प्रचण्ड

नेपालखबर
चैत ९, २०८१ शनिबार १६:४६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताले आफूमाथि धेरै भरोसा गरेको बताएका छन्। तराई–मधेश जागरण अभियानअन्तर्गत आज(शनिबार) चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले जनताले आफूमाथि धेरै भरोसा गरेको दाबी गरेका हुन्।  

‘तपाईँहरूलाई कहिलेकाहीँ लाग्छ होला, बिहानै दौडेर मर्निङवाक गरेको छ। जनताको घर–घरमा पसेर फूल लिएको छ। मानिसहरू बाहिर निस्किएर अब तपाईँमाथि नै भरोसा छ भनेर आँखाभरी आँशु निकाल्छन् बुढाबुढी, युवा युवती, बालबच्चाहरू,' उनले भने, 'नेताहरुको लागि यो ऊर्जा हुँदो रहेछ।'

त्यस्तै उनले अब विभिन्न धारमा विभाजित भएका माओवादीहरू एक हुनुको विकल्प नरहेको बताए। उनले एकताका लागि आफूले गर्नुपर्ने सबै गर्न तयार रहेको पनि सुनाए। 

उनले भने, ‘माओवादीहरु सबै एक हुन्छन् अब । त्यसमा तपाईँहरु शंका गर्नुपर्दैन । सबै आउनुको कुनै विकल्प नै छैन । मैले त्यसको निम्ति के कति गर्नुपर्ने हो, सबै गर्छु मैले । यो देशमा हामीले अर्को असाधारण रिकर्ड बनाउनुपर्छ।’

प्रचण्डले २०८४ को निर्वाचनबाट भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सकिने घोषणा गरे। 

‘२०८४ मा सबै एक भएर सबैले मेहनत गर्यौं भने यी भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सकिन्छ,' उनले भने, 'जनताको असली राज आउँछ भन्ने म तपाईँहरूमाझ विश्वास व्यक्त गर्न चाहन्छु। हामी सबै एकचोटी एकतावद्ध भएर अगाडि जाने हो।’ 

म जीवित रहँदासम्म राजावादीको सपना पूरा हुँदैन : प्रचण्ड

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad