राजनीति


प्रधानमन्त्री भेट्न अस्पताल पुगे प्रचण्ड

प्रधानमन्त्री भेट्न अस्पताल पुगे प्रचण्ड

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ८:२९,

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल पुगेर भेट गरेका छन।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि बिहीबार राति शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भस्कुलर ट्रान्सप्लान्ट केन्द्रमा भर्ना भएका थिए।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई अस्पताल पुगेर भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डको सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे डाक्टरसँग जानकारी लिएका थिए।

त्यसपछि उनले प्रधानमन्त्रीसँग कोरोना संक्रमण रोकथाम गर्न सरकार र पार्टीले लिएका पहलकदमीबारे छलफल गरेका थिए।

अचानक मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार राती मनमोहन लगिएको र अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको उनकी नीजि चिकित्सक दिव्या सिंह शाहले जानकारी दिइन।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री अस्पतालबाट आजै डिस्चार्ज हुने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad