राजनीति


२५ करोड बरामद घटनाको छानबिन समिति बनाउन माओवादीको माग

२५ करोड बरामद घटनाको छानबिन समिति बनाउन माओवादीको माग

नेपालखबर
चैत ६, २०८१ बुधबार १२:५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)ले २५ करोड रुपैयाँ अवैध रकम बरामद गरिएको घटनाको छानबिन गर्न विशेष समिति बनाउन माग गरेको छ। बुधबार प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन्।

'यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस्। यस घटनाामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,' उनले भने। 

सांसद सापकोटाले उपल्लो तहसँगको 'कनेक्सन'बिना यस्ता घटना हुन नसक्ने बताए। 'यति ठूलो मात्राको तस्करीको घटना उपल्लो तहको कनेक्सन नभई सम्भव छैन। गम्भीरतापूर्व यी घटनाको छानबिन अनुसन्धान गर्न जोडदार माग गर्दछौँ,' उनले भने।

उनले अपराधको जालो कसरी झाँगिएको छ भन्ने स्पष्ट भएको पनि बताए। 'यो सरकार सुशासनप्रति इमान्दार छैन। सरकारकाप्रति आशंका छ भनेर चिन्ता व्यक्त गरिरहेका थियौँ र छौँ। यस घटनाले संगठित अपराधको जालो कुन स्तरमा झाँगिएको छ भन्ने कुराको एउटा चित्र बाहिर आएको छ,' उनले भने।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत सोमबार (चैत ४) राति ११ बजे काठमाडौँकै झोर क्षेत्रबाट २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad