चीनले सो मुलुकको भिसा लागेका वा चीनमा बस्ने अनुमति लिएका विदेशी नागरिकलाई समेत सो देशमा प्रवेश गर्न तत्कालका लागि अनुमती रोकेको छ।
चीनले त्यस्ता अनुमतिमा निलम्बनको घोषणा बिहीबार राती गरेको हो।
कोभिड–१९ विश्वभर फैलिरहेको हुँदा त्यहाँ आउने विदेशीसँग सो भाइरस चीनमा आउनसक्ने डरका लागु गरिएको हो।
सो आदेश शुक्रबार मध्यरातबाट लागु हुने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। सिन्ह्वाका अनुसार चीनको विदेश मन्त्रालय र राष्ट्रिय अध्यागमन विभागले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन्।
केहि महिनापहिले चीनको वुहानबाट सो भाइरस सुरु भई अन्यत्र फैलिँदा अन्य मुलुकहरुले चीनबाट आएका व्यक्तिलाई आआफ्ना मुलुक प्रवेशमा रोक लगाएका थिए।
केहि हप्तादेखि चीनले सो भाइरस संक्रमणलाई पूर्णतः नियन्त्रणमा लिएको छ र अब ऊ अन्य देशबाट आफ्नो मुलुकमा प्रवेशमा रोक लगाउने स्थितिमा पुगेको छ।

प्रतिक्रिया