राजनीति


सुदन किरातीको आरोप : प्रधानमन्त्री ओली चाहन्छन् ‘राजावादीको आन्दोलन अझ बढोस्’

सुदन किरातीको आरोप : प्रधानमन्त्री ओली चाहन्छन् ‘राजावादीको आन्दोलन अझ बढोस्’

नेपालखबर
चैत २, २०८१ शनिबार १६:५३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजावादी आन्दोलनलाई बढावा दिएको आरोप लगाएका छन्।

शनिबार धनकुटाको पाख्रीवास आयोजित माओवादीको दोश्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै किरातीले यस्तो आरोप लगाएका हुन्।

उनले प्रधानमन्त्री ओली विभिन्न संकटमा फस्दै गएका र आफैँ पनि धर्मनिरपेक्षता विरोधी रहेका कारण राजावादीको आन्दोलन अझै चर्कियोस् भन्ने चाहेको बताए।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चरम विश्वासको संकटमा परेर सरकार निल्नु न ओकाल्नु अवश्यामा पुगेको छ र ओली आफैं धर्म निरपेक्षता विरोधी व्यक्ति हुन’ उनले भने, ‘हिन्दु राष्ट्र बनाउन र आफू पर्दै गएको पासोबाट एकैपटक उम्किने अर्थात् एकै गोलीबाट दुई शिकार गर्ने उदेश्यले प्रम ओली आफैँ राजावादीहरुको संविधान विरोधी हर्कतमा लागेका छन्। र यो छिट्टै सबैले थाहा पाउनेछ।’

किरातीले राजावादीहरूले प्रदर्शन गरि रहँदा सरकारको नेतृवबाट देखावटी प्रतिक्रियाभन्दा अरु देखिने गरि पहल नगरेको आरोप पनि लगाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad