राजनीति


माओवादी मात्रै होइन, समाजवादीलाई समेत एकै ठाउँमा ल्याउन प्रयासरत छौँ : विप्लव

माओवादी मात्रै होइन, समाजवादीलाई समेत एकै ठाउँमा ल्याउन प्रयासरत छौँ : विप्लव

नेपालखबर
चैत २, २०८१ शनिबार १७:२०, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनः २००६ सालको जस्तै एकीकृत गर्ने अभियानमा लागेको बताएका छन्।

शनिवार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले आफूहरु नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउने कोशिसमा रहेको जिकिर गरे। उनले माओवादीहरूलाई मात्रै नभइ समाजवादीलाई पनि एक ठाउँमा राखेर अघि बढ्ने छलफल अघि बढिरहेको जानकारी दिए।

उनले भने, ‘हामी नेपालको होल कम्युनिष्ट मुभमेण्टलाई २००६ सालमै फर्काउन सकिन्छ की सकिँदैन त रु भन्नेमा पनि सोचिरहेका छौँ। माओइस्टलाई एक ठाउँमा ल्याउने कुरा मात्रै होइन, समाजवादीलाई, सिंगो नेपालको कम्युनिष्ट मुभमेण्टलाई नयाँ अवधारणामा, रुपान्तरणसहित २००६ साल जस्तै लैजाने बारेमा पनि छलफल भइरहेको छ।’

महासचिव चन्दले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ अवधारणामा रुपान्तरण गर्नेगरी अघि बढिरहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad