राजनीति


यसअघि छुटाइएका डीएसपी कार्की र बस्नेत एसपीमा बढुवा सिफारिस

यसअघि छुटाइएका डीएसपी कार्की र बस्नेत एसपीमा बढुवा सिफारिस

नेपालखबर
फागुन २८, २०८१ बुधबार २२:१४, काठमाडौँ

नेपाल प्रहरीका दुई जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्। 

बुधबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले रविन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेतलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा समितिका सदस्य सचिव एवम् एआईजी दुर्गा सिंहले कासमुका आधारमा अगाडी रहेकालाई बढुवा गरिएको बताइन्।

एसपी श्याम राई र सञ्जय राउत चैत १ गतेदेखि अनिवार्य अवकाश हुने भएपछि कार्की र बस्नेतलाई उक्त स्थानमा बढुवा गर्न सिफारिस गरिएको हो। उनीहरु दुवै जना ३० वर्षे सेवा अवधिका कारण अवकास हुन लागेका हुन्।

एसपीमा सिफारिस कार्की काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा र बस्नेत राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत छन्।

यसअघि डेढ महिना पहिले ३७ जनालाई डीएसपीबाट एसपीमा बढुवा गरिएको थियो। तर त्यतिबेला कार्की र बस्नेतभन्दा डेढ वर्ष जुनियरलाई बढुवा गर्दा उनीहरुलाई भने छुटाइएको थियो।

पहिले बढुवा सूचीमा रहेका डीएसपीमा कार्की तेस्रो नम्बरमा थिए। बस्नेत पनि कार्कीकै ब्याची हुन्। उनीहरुका ब्याचबाट तीन वर्ष पहिले नै एसपीमा बढुवा भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad