कारोबार


पाकिस्तानको बलोचिस्तानमा हतियारधारीले सुरुङभित्र रोके ५०० यात्रु बोकेको रेल

पाकिस्तानको बलोचिस्तानमा हतियारधारीले सुरुङभित्र रोके ५०० यात्रु बोकेको रेल

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०८१ मंगलबार १७:५६, काठमाडौँ

पाकिस्तानको बलोचिस्तानमा यात्रु भरिभराउ रेलमा हतियारधारी समूहले गोली चलाएका छन्। 

डन अनलाइनका अनुसार मंगलबार पेशावरतर्फ गइरहेको रेलमा बलोचिस्तानको बोलान जिल्लामा हतियारधारी मानिसहरुले गोली चलाएका हुन्। 

बलोचिस्तानको प्रादेशिक सरकारले यसविरुद्ध आकस्मिक कदम चालेको बताइएको छ। 

जाफर एक्सप्रेसको रेलमा गोली चलेको हो। उक्त रेलमा चालकदल र यात्रुसहित ५०० जना छन्। 

‘सुरुङ नम्बर ८ मा हतियारधारी समूहले रेल रोकेका छन् र अहिले यात्रु र कर्मचारीसँग सम्पर्कको प्रयास भइरहेको छ’, डनसँगको कुराकानीमा सरकारी अधिकारीले भनेका छन्। 

एक प्रहरीले एएफपीलाई दिएको जानकारीअनुसार पहाडभित्रको सुरुङमा रेल रोकिएको अवस्थामा छ। 

सरकारी अधिकारीहरुले उद्धारका लागि थप रेलहरु पठाएको बताएका छन्। 

यसबारे थप बुझ्ने काम बलोचिस्तान सरकारले गरिरहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad