राजनीति


प्रचण्डलाई राप्रपाको चेतावनी : जनताले सदनमा पस्नबाट रोक्लान्, हेक्का रहोस्

प्रचण्डलाई राप्रपाको चेतावनी : जनताले सदनमा पस्नबाट रोक्लान्, हेक्का रहोस्

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १७:३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सदन ‘राजाको नाम’ले तरंगित हुनु खुशीको कुरा भएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन्। सांसद प्रधानले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवारपूर्ण कुराहरू राखेको भन्दै आपत्ति जनाए।

भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्नसक्ने कुराको हेक्का राख्न चेतावनी समेत दिए।

उनले संविधानमा व्यवस्था परिवर्तन नहुने भन्नेकुरा नरहेको उल्लेख गर्दै अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न नसक्ने जिकिर गरे।

सांसद प्रधानले भने, ‘आज सदन राजाको नामले तरंगित छ, अति खुशीको कुरा हामी हर्षित छौँ। प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गत राजाबाट शुभकामना व्यक्त हुँदै आफ्नो अभिभावकीय भूमिका बिर्सि बक्सिएन। आफ्नो बाटोबाट अन्यत्र लगिरहेको अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न सक्दैन, जनताको हित गर्न सक्दैन, त्यसकारण यो सन्दर्भमा सबै जना एकसाथ जुटौँ भन्ने सन्देशलाई सबै नेपालीले आत्मसात गरे। २५ गते पोखराबाट फिर्ती सवारी हुँदा स्वतःस्फुर्त जनता स्वागत गर्न एयरपोर्टबाट निर्मलनिवाससम्म सरिक रह्यो।’

उनले आफूहरुले राम्रोसँग संविधान अध्ययन गरेको पनि बताए। उनले राजसंस्थाको उपस्थिति नभएसम्म लम्पसारवादी व्यवहार जारी रहने बताए। अरुको बुइ चढेर आएको पार्टीले देशको हित गर्न नसक्ने उनले जिकीर गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad