राजनीति


आलोकनगरमा समाजवादी मोर्चाको बैठक

आलोकनगरमा समाजवादी मोर्चाको बैठक

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १७:११, काठमाडौँ

समाजवादी मोर्चाको बैठक जारी छ। बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो।  

समाजवादी मोर्चाले 'प्रतिगामी शक्ति'विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिने तयारी गरेको छ। 
सोमबार पनि मोर्चाको बैठक बसेको थियो। हिजोको बैठक नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको थियो। 

आइतबार काठमाडौँमा राजावादीले प्रदर्शन गरेका थिए। त्यसपछि सबै राजावादी समर्थित दलबाहेक अन्य दलले यसको विरोध गर्दै आइरहेका छन्। समाजवादी मोर्चामा आवद्ध दलहरूले त राजावादीको प्रदर्शनको विरोधमा काठमाडौँ केन्द्रित प्रदर्शनको तयारी गरिरहेको छ। 

मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ उपत्यका बाहिर भएकाले हिजो ठोस निर्णय भएको थिएन। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी पनि सहभागी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad