राजनीति


प्रधानमन्त्री ओलीलाई गगनका ५ सुझाव

प्रधानमन्त्री ओलीलाई गगनका ५ सुझाव

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १५:१६, काठमाडौँ

मंगलबारको प्रतिनिधिसभामा विशेष समय लिएर कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले सम्बोधन गरेर थापाभन्दा अघि प्रमुख प्रतिपक्षी दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गरेका थिए।

थापाले सम्बोधनका क्रममा सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही सुझाव दिएका छन्। सम्बोधनमा प्रचण्डले जस्तै थापाले पनि आइतबार काठमाडौँमा राजावादीहरूले गरेको प्रदर्शनलाई लिएर थापाले पनि शंका व्यक्त गरेका थिए। सरकारको कामकारबाहीलगायत जनताको विश्वास कसरी जित्ने भन्नेबारे थापाले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन्।  
 
थापाले दिएको सुझावहरू

- सरकारमाथि उठेका प्रश्नबारे नागरिक समाज र जनतासँग संवाद गरी नतिजा केन्द्रित हुनपर्छ।

- सरकारले कानुन बनाउँदा सार्वजनिक हितका लागि हुनुपर्छ र एउटै व्यक्ति वा समूहले लाभ लिन हुँदैन भन्नेमा सचेत हुनुपर्छ। 

- मन्त्रीहरूले नचाहिने ठाउँमा हात हाल्न हुँदैन। नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउके कपाल बाँधेर दुखाए जस्तो अनावश्यक विषयमा सरकारले अनावश्यक काम गर्नुहुँदैन।

- हरेक कुरामा आफ्नो काम र निर्णयबाट संसद्‌सँगै जनताको विश्वास जित्ने वातावरण बनाउनुपर्छ। 

- सरकारी प्रकरण, जग्गा प्रकरण, मानव बेचविखन प्रकरण, विश्वविद्यालय तोडफोड प्रकरणमा निर्मम भएर काम गर्नुपर्छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad