राजनीति


तोसिमा कार्कीको सांसद पद जोगियो, जितिन् निर्वाचन आयोगविरुद्धको मुद्दा

तोसिमा कार्कीको सांसद पद जोगियो, जितिन् निर्वाचन आयोगविरुद्धको मुद्दा

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०८१ मंगलबार १५:२३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको सांसद पद जोगिएको छ। 

२०७९ को चुनावमा निर्वाचन आयोगले उम्मेदवारी खारेजको निर्णय गरेपछि कार्कीले २०७९ कात्तिक १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। 

उक्त रिटको कात्तिक १५ गते प्रारम्भिक सुनुवाइमै सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी कायम राख्न निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुर क्षेत्र नं ३ लाई आदेश दिएको थियो।

कात्तिक २८ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पनि अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएपछि कार्कीको ललितपुर ३ मा रास्वपाको तर्फबाट उम्मेदवारी कायम भएको थियो।
 

यसअघि पुस २५ गते र फागुन ४ गते निसु तोकिए पनि सर्दै आएको थियो। तर सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले मंगलबार कार्कीको पक्षमा रिट जारी गरिदिएको हो।

२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा मेडिकल काउन्सिल सदस्य समेत रहेकी कार्कीलाई सार्वजनिक पदमा रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो। 

सर्वोच्चबाट अन्तरिम आदेश पाएपछि कानुन व्यवसायीको सल्लाहमा उनले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी थिइन्।

उनी ललितपुर क्षेत्र नं ३ की निर्वाचित सांसद हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad