राजनीति


प्रचण्डलाई गगनले सोधे : कांग्रेस-एमाले मिलेर सरकार बनाउनुस् भनेको भुल्नुभयो?

प्रचण्डलाई गगनले सोधे : कांग्रेस-एमाले मिलेर सरकार बनाउनुस् भनेको भुल्नुभयो?

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १४:३५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस-एमालेसहितको गठबन्धन सरकारको विषयलाई लिएर पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेको टिप्पणीमा आपत्ति जनाएका छन्।  

मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले प्रचण्ड आफैँ प्रधानमन्त्री भएका बेला कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन दिनुभएको होइन? भन्दै प्रश्न गरेका हुन्।  

'सरकार बनेको ४१ मा नेपाल बंगलादेश र श्रीलंका बन्ला भन्नुभयो। सरकार बनेको कुरा नै असंवैधानिक छ भनेको कुरा सम्झेको छु,' उनले भने, 'एमाले र कांग्रेस मिलेर सरकार बनाउनूस् भनेको होइन? त्यसबेला पनि संविधान यही थियो होइन र?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad