राजनीति


राजावादीलाई उकास्न विदेशी शक्तिले चलखेल गरे : प्रचण्ड

राजावादीलाई उकास्न विदेशी शक्तिले चलखेल गरे : प्रचण्ड

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १४:९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजावादीलाई विदेशी शक्तिले उकासेको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै उनले सरकारको कार्यशैलीकै कारण राजावादी सडकमा आएको पनि बताए। 

प्रचण्डले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको विगत सात महिनाको कुशासनको परिणाम राजावादीहरू सडकमा उत्रिएको बताए।सरकारको अक्षमताका कारण देशका हरेक तप्का र समुदाय आन्दोलनको मोडमा पुगे‍को पनि बताए ।

दाहालले फागुन २५ भएको राजावादीको आन्दोलनमा विदेशी शक्तिको चलखेलसमेत रहेको बताएका छन् । ‘राजावादी यसरी सक्रिय हुनुमा संगठित शक्ति लागेको छ’, उनले भने, ‘देशभित्रबाट मात्रै होइन, विदेशी शक्तिले पनि राजावादीलाई उकास्न चलखेल गरेका छन् ।’

उनले विश्वका कयौँ देशमा राजतन्त्र अन्त्य हुँदा काटिएको र मारिएको स्मरण गर्दै नेपालमा भने सम्मानजनक रुपमा नागरिकको हैसियत दिएर बिदा गरिएको पनि बताए । नेपालमा लोकतन्त्रले राजावादीलाई बोल्ने हक दिएको बताउँदै तर धेरै चलखेल नगर्न पनि चेतावनी दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad