राजनीति


स्ववियु निर्वाचन : अनेरास्ववियू क्रान्तिकारीले खोल्यो खाता

स्ववियु निर्वाचन : अनेरास्ववियू क्रान्तिकारीले खोल्यो खाता

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १२:१५, काठमाडौँ

स्वतन्त्र विद्यार्थी युनियनको चुनावअन्तर्गत सिन्धुपाल्चोकको जुगल बहुमुखी क्याम्पसमा अनेरास्ववियू क्रान्तिकारीले खाता खोलेको छ। स्ववियू सभापतिमा क्रान्तिकारीकी सुस्मिता श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको जुगल क्याम्पस प्रमुख पदमप्रसाद पराजुलीले नेपालखबरलाई जानकारी दिए।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अखिलले अध्यक्षमा उम्मेदवारी नदिने सहमति गरेपछि श्रेष्ठ निर्वाचित भएकी हुन्। जसअनुसार उपसभापतिमा क्रान्तिकारीकै ललिता कुमाल, सचिवमा एमाले निकट अनेरास्ववियुकी मनिषा गिरी, सहसचिवमा कांग्रेस निकट नेविसंघकी निशा गिरी, कोषाध्यक्षमा पनि नेविसंघकै कञ्चन विक सर्वसम्मत भएको उनले बताए। 

‘हाम्रो क्याम्पसमा सभापतिसहित सबै पदमा सर्वसम्मत भएको छ। सोमबार बेलुका दलका नेता, विद्यार्थी संगठनका नेता र क्याम्पस प्रशासन, क्याम्पस सञ्चालक समितिलगायत छलफल हुँदा संगठनबीच भागवण्डामा सहमति जुटेपछि आज सोही पदमा संगठनले उम्मेदवारी दर्ता गर्नुभएको हो,’ क्याम्पस प्रमुख पराजुलीले नेपालखबरसँग भने, ‘उम्मेदवारी मनोनयनको समय २ बजेसम्म छ, ३ बजेपछि मात्र निर्वाचित भएको औपचारिक घोषणा गर्छाैँ।’

यस्तै, ४ जना सदस्य क्रान्तिकारीले लिएको छ भने नेविसंघ र अनेरास्ववियुले १/१ जना भागवण्डा गरेका छन्। स्ववियु चुनावका लागि जुगल बहुमुखी क्याम्पसमा कांग्रेस, एमाले र माओवादीका तीन संगठनले दल दर्ता गराएका थिए।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ आंगिक र एकहजार ४ क्याम्पसमा स्ववियूको २ वर्षे कार्यकालका लागि चैत ५ गते चुनाव हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad