राजनीति


कमल थापा भन्छन्: लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन

कमल थापा भन्छन्: लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १०:१०, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले  लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। 

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन भन्ने बुझेको धारणा राखेका हुन्। 

तर आफूहरूले राजासहितको लोकतन्त्र खोजेको उनको भनाइ छ। 

‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन। त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो’, उनले लेखेका छन्, ‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिन्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो। मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो। राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वेलगायतका कैयौँ मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad